top of page

Media highlights

केहि गरौं भन्ने सोचका साथ नेपाली समाजका केहि ब्यक्तिहरू अञ्जनि भट्टराई, राजनश्री छतकुलि, रबिन्द्र आचार्य, डा. गोपाल पाठक तथा ऋषि के घिमिरेको सस्थापक बोर्ड अफ डाइरेक्टरको सहभागीता र अग्रसरतामा “Hepling Hands Without Borders Canada” ( सिमा बिहिन सहयोगी हातहरु – क्यानडा ) नामक सस्था हालै स्थापना भएको छ ।

सस्थाले नेपाली समाज क्यानाडा र नेपालका अति दुर्गम तथा पिछडियका स्थानहरुमा आर्थिक तथा सामाजिक काममा सानो- साना सहयोग पुराउने उदेश्य राखेको छ। यसै सिलसिलामा हालै मध्य नेपालको बारा तथा पर्सामा गयको बिनासकारी हावा हुरिबाट निकै ठुलो जनधनको क्षति भएको छ। यो अवस्थामा सानो सहयोग मात्रै पनि खास पीडितसम्म पुराउन सक्नु है मुख्य उदेश्य ठानी एनआरएन क्यानाडा मार्फत हाललाई ३०१ क्यानेडियन डलर सहयोग प्रदान गर्ने निर्णय गरेको छ। साथै आगामी दिनमा थप सहयोगको लागि प्रयास जारी राख्दै , भबिस्यमा यहाँहरुको सहयोग र सुझाबको निरन्तर अपेक्षा संथाले राखेकाे छ।

https://nepaltouch.com/news/3310/01/2021

 

https://kendrabindu.com/post/180193?fbclid=IwAR3eMLZg2AIZ6tyKT7-dsr2nJIJhKmPMBl9jNtmCv47hmz8GOAg8GQIdGIM

https://nayapatrikadaily.com/news-details/54249

https://nepaltouch.com/news/1080/07/2020?fbclid=IwAR08bAC0UOaI3m0JnQauEcyT0fYme_0R_0sXqtgNLhrlfqZsxqrk50fY8EE

https://www.swadeshnepal.com/2020/05/178065/?fbclid=IwAR1jDuIpY9AR1wOfxZzxMMkqOsB5RgfuQ86LffkVUvjSN7w4fLs57ED6AvY

https://nagarikkhabar.com/2020/5/32657/?fbclid=IwAR32Mstg1Lu7kd1Keo-ML5tJEO_xeTTsslAX1nR9b-lws5vDmzAwfpIPDSM

https://www.euronepalnews.com/2020/05/10/17776/?fbclid=IwAR081sVn02wdneU8VTJOFYAhbBQwHRh0zgDWlcJOZKa2wWrD73qVxkmwcQM

https://www.euronepalnews.com/2020/05/10/17776/?fbclid=IwAR32Mstg1Lu7kd1Keo-ML5tJEO_xeTTsslAX1nR9b-lws5vDmzAwfpIPDSM

https://www.nepalesediaspora.com/archives/15972?fbclid=IwAR3tG2yYLyieaAsowLQCRPCH_MhXBegjjdCluiNoWZlTzjX75L9HUXV-c6w

https://www.news24nepal.tv/2020/05/11/656371?fbclid=IwAR3_YzWcGntopqXexkqdaLmzJAL1t1jLQmysDV49M2AEZOz47VM8440fH4c

https://www.voiceofnepal.tv/2020/05/56464/?fbclid=IwAR05GwOSEdzUMpdb9POrFdtkI8TyV48tfZNRJUQjhr38DFkv7k4iJk7VSPo

https://www.londonnepalnews.com/archives/68513?fbclid=IwAR12N_katHp4aLqPa1c-Bo8paE4kmKMcrXYHqZyb5gUab94qE1ZWagJDd40

MEET and Greet Program- Information Sharing among Service Providers in Guelph/Wellington County,  February 17, 2024

https://nepaltouch.com/news/9053/02/2024

सेवा प्रदायकलाई एकै ठाउँ भेला पारेर गुयल्फमा कार्यक्रम

टोरन्टो। गुयल्फ, अन्टारियोमा सरकारी तथा गैह्र सरकारी तहबाट उपलब्ध सेवा र सुविधाहरूका बारेमा जानकारी दिने उद्देश्यले 'सीमा विहिन सहयोगी हातहरू' नामक संस्थाले शनिवार त्यहाँ एक कार्यक्रमको आयोजना गरेको छ।

नयाँ विद्यार्थी तथा नयाँ आप्रवासीहरूलाई उपलब्ध सेवाहरू बारे जानकारी दिन आयोजित कार्यक्रममा विभिन्न सेवा प्रदायकहरू आफैँ उपस्थित थिए। बम्बे किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा गुयल्फ सहरका मेयर क्याम गुथ्री र अन्टारियोका प्रोभिन्सका लागि त्यसै क्षेत्रका सांसद माइक स्राइनरको पनि उपस्थिति थियो।मेयर गुथ्रीले यस कार्यक्रमले सेवा प्रदायक र सेवा लिनेबिच सम्पर्क गराउन महत्त्वपूर्ण काम गरेको भन्दै सम्पर्क बारेको जानकारी यो कोठा भन्दा बाहिर पनि पुग्नुपर्ने बताए। सिटीले उपलब्ध गराउने सेवाका लागि सम्पर्क गर्न पनि उनले आग्रह गरे।सांसद स्राइनरले आफूले दिने सेवा लिन बिना हिचकिचाहट आफ्नो कार्यालयमा आउन सहभागीहरूलाई अनुरोध गरे।त्यस अवसरमा इमिग्रेसन सर्भिसेस अफ गुयलफ-वेलिङ्टनका दायामी रामिरेज, क्यानेडियन मेन्टल हेल्थ एसोसिएसनका ब्रेयना लेघ्टन, गुयल्फ प्रहरीका जेम्स नाइटिङ्गेल, लुथरवुड इम्प्लोयमेन्ट सर्भिसेजका योर्लेनिस प्रोएन्जाले उनीहरू कार्यरत संस्थाका बारेमा आ-आफ्नो प्रस्तुति दिएका थिए।क्यानेडियन ब्लड सर्भिसेजका केटी बे र वुमेन इन क्राइसिसका सिण्डी म्याकमनले पनि उनीहरू कार्यरत संस्थाले उपलब्ध गराउने सेवाका बारेमा जानकारी उपल्ब्ध गराएका थिए। उनीहरूले संस्थाले उपलब्ध गराउने सेवा तथा त्यो प्राप्त गर्ने तरिका जस्ता विषयमा जानकारी दिएका थिए। 

संस्थाका निर्देशक दिनेश सिंह मल्लले स्वागत मन्तव्य राखेको कार्यक्रममा ग्रेटर गुयल्फ नेप्लिज कम्युनिटीका अध्यक्ष प्रकाश अधिकारी, नप्लिज ब्लड डोनर्स एसोसिएसनका महासचिव लीलानाथ पाण्डे, एनआरएनए, क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठले मन्तव्य राखेका थिए। महासचिव निरुपमा शर्माले सञ्चालन गरेको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष राजन छत्कुल्लीले संस्थाले गरेका विभिन्न गतिविधिका बारेमा प्रस्तुति दिएका थिए। संस्थाले क्यानाडामा रक्त सङ्कलन देखि राहत वितरण जस्ता काम गरेको उल्लेख गर्दै नेपालमा पनि विभिन्न समयमा सहयोग उपलब्ध गराएको जानकारी दिएका थिए।कार्यक्रमको अन्त्यमा संस्थाका कोषाध्यक्ष सुमन ढकालले धन्यवाद मन्तव्य दिएका थिए भने संस्थाका अर्का निर्देशक विजय लम्सालले समापन मन्तव्य दिएका थिए।

Blood Donation Program, Guelph, February 24, 2024

गुयल्फमा १५ जनाले गरे रगत र प्लाज्मा दान (nepaltouch.com)

मानवीय हित र समुदाय सेवाका क्षेत्रमा नेपाल तथा क्यानाडामा २०१९ देखि योगदान पुर्याईरहेको संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा १५ जनाले प्लाज्मा तथा रक्तदान गरेका थिए। त्यस अवसरमा २०५ पटक रक्तदान गरेर कीर्तिमान हासिल गरेका र हालै दिवंगत अर्जुनप्रसाद मैनालीप्रति श्रद्धाञ्जली पनि व्यक्त गरिएको थियो।संस्थाका अध्यक्ष राजन छतकुलीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी क्यानेडियन ब्लड सर्भिसेजका क्षेत्रीय प्रबन्धक केटी बी, समाजसेवी शान्तिराम मैनाली, सरोज न्यौपाने, दिपेन्द्र कार्की, जीवन थापा, शर्मिला दंगाल लगायतका व्यक्तिहरूले मैनालीप्रति श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए।शान्तिराम मैनाली, चन्दिकादेवी गौतम, यादबहादुर पौडेल, अशोक सुवेदी, सरोज न्यौपाने, दिपेन्द्र कार्की, जीवन थापा, शर्मिला दंगालले रक्तदान गरेको संस्थाले जनाएको छ। यसैगरी, नारायण श्रेष्ठ, विकास लम्साल, भीम परियार, सुरेश शर्मा, मीत कौर, नुतन कौर र सुमन ढकालले पनि रक्तदान गरेका थिए। नेपाली क्यानेडियन ब्लड डोनर्स असोसिएसन साझेदार संस्थाका रूपमा संलग्न रहेको कार्यक्रम संस्थाका कोषाध्यक्ष सुमन ढकालले संयोजन र संचालन गरेका थिए।

 

Helping Hands Without Borders Canada (HHWBC) is committed to not only providing assistance and support to the communities but also highlighting the successes and challenges of immigrant communities in Canada. On the occasion of South Asian Heritage Month, HHWBC has been collaborating with local organizations in different parts of Ontario to highlight the successes and challenges of Nepali diaspora living in different parts of the world. In the same spirit, an interaction program and documentary show was held on June 1, 2024, at Everest Centre 120 Clementine in Brampton, ON in coordination with the Everest Takandoo and Everest Education Academy. Mr. Rajan Chhatkuli president of HHWBC highlighted the objective of the program. Mr. Ramesh Khadka delivered a presentation about his documentary 'The Last Family in Pilok' which presents the story of Nepali immigrants living in Pilok, Thailand as well as their trial and tribulations. Mr. Dhirendra Shahi, the propriter of Everest Tacakando Academy delivered his welcome speech and Dr. Ram Lamsal, director of Everest Education Academy also delivered the speech. Mr. Kiroj Shrestha Vice president of NRNA Canada thanked participants for attending and handed over token of appreciation to individuals for their contributions HHWBC truly honored and would like to thanks all the Nepalese Diaspora and the participants, executive president, general secretary, executive members from different community organizations and NRNA Canada.

https://www.facebook.com/share/p/6cywK1Zv3Qx588Nu/?mibextid=oFDknk

Helping-Hands Without-BordersCanada sucessfuly organized Interaction Program- Settlement Challenges and Sucess Stories of Immigrants in Canada in Guelph scheduled on May 26, 2024. During the program the documentary named " Nepal is in our Heart" was screened.

Helping-Hands Without-BordersCanada would like to thanks all the participants of the program. The chief guest of the program was MPP Mr. MIKE SCHREINER.Honarable Mr.Schreiner encouraged people to reach to his office if people are experiencing issues regarding accessing public services in the community.

CONSTABLE JASMIN MANANI- Guelph Police Services highlited the challenges and sucess of Immigrants and GPS is committed to provide better services. DOMINIQUE O'ROORKE- Councilor city of Guelph also highlighted the available resources in the community and encouraged people for their active participation in city's affairs

Mr. Dhurv Dhruv Shah BoD of Hope House/Guelph Community Foundation brieffed about the settlement issues of immigrants. Mr. Rajan Shree Chhatkuli President of HHWBC highlighted the objectives of the program, Resource person Ramesh Khadka presented about the topic and highlighted the documentary Dancing in the Fire,,BoD Suman Dhakal delivered welcome speech. Mr.Prakash Adhikari President of GGNC granted thankful speech to all the participants of the interaction program. The program was facilitated by BOD Nirupama Sharma of HHWBC.

Helping-Hands Without-BordersCanada sucessfuly organized Interaction Program- Settlement Challenges and Sucess Stories of Immigrants in Canada in Windsor scheduled on May 25, 2024. During the program the documentary named " Nepal is in our Heart" was screened.Helping-Hands Without-BordersCanada organized this program in coordination with Bhutanese Canadian Association of Windsor and Essex County and Hello Windsor. HHWBC would like to thank all the participants of the program. Mr. Rajan Shree Chhatkuli President of HHWBC highlighted the objectives of the program, Resource person Ramesh Khadka presented about the topic and highlighted the documentary,BoD Dinesh Singh Malla delivered welcome speech and granted thanlks to all the participants of the interaction program. The program was facilitated by Krish Adhikari of BCA.

 

हेल्पिङ ह्याण्डले मनायो महिला दिवस

नेपालTouch

आइतबार चैत ११, २०८० | Sunday March 24,2024

ग्वेल्फ। ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा हेल्पिङ्ग ह्याड्स विताउड बोर्डर्स क्यानाडाले गत साता एउटा अन्तर्क्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। 

भर्चुअल माध्यम जुममा सञ्चालित उक्त कार्यक्रममा महिलाहरूले शिक्षा, रोजगारी लगायतका अवसरमा समानता प्राप्त गर्नका लागि पुरूषले खेल्नपर्ने भूमिकाका विषयमा छलफल गरिएको थियो।

 

कार्यक्रमको विषयवस्तुलाई ध्यानमा राख्दै उक्त कार्यक्रममा प्यानलिष्टका रूपमा फरक फरक विधामा आ-आफ्नो क्षेत्रमा योगदान पुर्याइरहेका तीनजना महिला र तीनजना पुरूषलाई आमन्त्रित गरिएको थियो।

 

कार्यक्रमका प्यानलिष्टहरूमा अमेरिकामा रहेका नेपालीहरूको संगठन एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, नेपाल टचका कार्यकारी सम्पादक जयराम गौतम, क्यानाडास्थित न्यु ब्रन्सविक विद्यालयका प्राध्यापक र एसोसिएट डीन डा. दिनेश गजुरेल थिए।

 

यसैगरी, अन्टारियो सरकारको प्राकृतिक स्रोत र वन मन्त्रालय टिमिन्समा रिजनल रिसोर्स एनालिस्टका रूपमा कार्यरत कमला रूपाखेती, क्यानाडामा ट्राभल र टूरिज्मका क्षेत्रमा लामो समयदेखि कार्यरत महिला व्यवसायी अनुपमा घिमिरे, केस वेस्टर्न विश्वविध्यालयका प्राध्यापक र बालबालिका तथा वयस्क विभागका विभागीय मनोचिकित्सक डक्टर प्रिया वैद्य पनि थिए। 

 

कार्यक्रमको सञ्चालन हेल्पिङ्ग ह्याड्स विताउड बोर्डर्स क्यानाडाका बोर्ड सदस्य दिनेश सिँह मल्ल र निरूपमा शर्माले संयुक्त रूपमा गरेका थिए। 

 

सो कार्यक्रममा महिलामा लगानी गरौं प्रगतिलाई गति दिऔं भन्ने नाराका साथ महिलाका विभिन्न मुद्दा, महिला सशक्तिकरण, प्रवासी भूमिमा शिक्षा र रोजगारीमा महिलाको समान सहभागिताका चुनौतीहरू, पुरूषले खेल्नु पर्ने सकारात्मक भूमिका र मानसिक स्वास्थ्य जागरूकता लगायतका विषयमा छलफल भएको थियो।

 

 

Celebrated World Humanitarian Day

 

Helping-Hands Without Borders Canada successfully organized an Interaction program on ‘Global Nepali Diaspora's Contribution, Challenges, and Opportunities in Humanitarian Assistance’ to mark World Humanitarian Day 2024. This program was organized at Balti Indian Restaurant 5306 Victoria Ave, Niagara Falls.

The program opened with representatives, professionals, and experts shared their presentations on knowledge about opportunities and challenges in the Nepali diaspora’s involvement in humanitarian action. The chief guest of the program was H E Hon Ambassador MR. Bharat Raj Paudyal from Nepal to Canada shared his remarks on the challenges and opportunities of the Nepali diaspora in Humanitarian Actions.

Humanitarian Expert Krishna KC and Naba Raj Gurung presented papers in the program, and the session explored the impact of a growing technological and communication infrastructure in supporting diaspora humanitarianism.

Councilor Victor Pietrangelo- City of Niagara, Hon MPP Wayne Gates, Daria Allan- Ebron - Executive Director- Family & Children Services of GW, Shea Dahuja-Director of Services Diversity and Equity, Kiroj Shrestha vice-president NRNA Canada, Mr. Deepesh Pokharel- Niagara Nepali Community delivered their remarkable speech and thanked HHWBC organizing such event on the occasion of World Humanitarian Day.

In the program Dinesh Singh Malla-BOD briefed the objective of the program, Suman Dhakal-BOD welcomed the Guests and provided tokens of love, and Nirupama Sharma-BOD facilitated the program.

Bijay Lamsal-BOD delivered a thanksgiving speech and Rajan Chhatkuli -President, HHWBC made a presentation about HHWBC and chaired the program.

 

​विश्व मानवीय दिवसमा नायग्रा फल्समा कार्यक्रम

टोरन्टो। नेपाल तथा क्यानडामा क्रियाशील सामाजिक संस्था हेल्पिङ ह्यान्ड्स विदाउट बोर्डर्स क्यानाडाले ‘विश्वका नेपाली डायस्पोराको योगदान, मानवीय सहायतामा चुनौती र अवसरहरू' विषयमा एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।​

विश्व मानवीय दिवस २०२४' को अवसर पारेर आयोजना गरिएको यो कार्यक्रम नायाग्रा फल्सस्थित बाल्टी इन्डियन रेस्टुरेन्टमा भएको थियो। 

 

नेपालका लागि क्यानाडाका राजदूत भरतराज पौडेलको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा मानवीय सहायता विज्ञद्वय कृष्ण केसी र नवराज गुरुङद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो।

 

कार्यपत्रको मर्म, भावना अनि गन्तब्यप्रति मिहिन अन्तरक्रिया भएको उक्त कार्यक्रमा सहभागीहरु बिच गहन छलफल गरी निचोड निकालिएको थियो। सो निचोड  कार्यक्रमका प्रमुख अथिति राजदूत पौडेललाई बुझाइएको थियो।  

कार्यक्रममा सिटी अफ नायाग्राका काउन्सिलर भिक्टर पाईट्रयान्गेलो, सांसद वाईनी गेट्स लगायतको सहभागिता थियो। कार्यक्रममा एनआरएनए क्यानाडाका उपसभापति किरोज श्रेष्ठ, नायग्रा रिजनका नेपाली प्रतिनिधि दीपेश पोख्रेल लगायतले विषयगत धारणा राखेका थिए।

 

कार्यक्रममा गुल्फ र वेलिङ्गन महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत परिवार र बालबालिका सेवाका कार्यकारी निर्देशक डारिया एलन इब्रोन र सेवा निर्देशक शिया दहुजाले पनि आफ्नो मन्तव्य राखेका थिए। यसै गरी, अध्यक्ष राजनश्री छात्कुलीले संस्थाको उद्देश्य, प्रगति र उपलब्धिका बारेमा प्रस्तुति गरेका थिए। 

 

अध्यक्ष राजनश्री छत्कुल्लीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाका निर्देशक दिनेश सिंह मल्लले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने अर्का निर्देशक सुमन ढकालले सहभागीलाई स्वागत गरेका थिए।

 

 निर्देशक निरुपमा शर्माले सञ्चालन गरेको कार्यक्रममा निर्देशक विजय लम्सालले अतिथिहरूलाई धन्यवाद दिएका थिए।कार्यक्रम नायग्रा क्षेत्रमा बसोबास गर्ने, विभिन्न पेसा व्यवसायी, विभिन्न सङ्घ संस्थामा आबद्ध झन्डै एक सय जनाको उपस्थिति थियो।

​​

​​​

समुदायका समस्या सुन्न ग्वेल्फमा एक कार्यक्रम

नेपालTouch

मंगलबार मङ्सिर ४, २०८१ | Tuesday November 19,2024

​टोरन्टो। सीमाविहीन सहयोगी हातहरू र फेमिली एण्ड चिल्ड्रेन्स सर्भिसेज अफ ग्वेल्फ एण्ड वेलिङ्गटन काउन्टीको संयुक्त आयोजनामा समुदायका लागि उपलब्ध कार्यक्रमहरूबारे जानकारी दिन हालै एउटा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको छ।

समुदायको आवश्यकता र चाहना बुझ्नका लागि आयोजना गरिएको कार्यक्रममा त्यस क्षेत्रका अल्पसंख्यक र सिमन्तीकृत समुदायका चाईनिज, पञ्जाबी, नेपाली, भुटानी, भारतीय, फिलिपिनो, सोमाली, पाकिस्तानी, इरिटेरियन, भियतनामी, सुडानी, अरेबियन लगायत गरी विभिन्न समुदायगरी १०० भन्दा व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएका छन्।  

सो कार्यक्रमको अतिथीहरूमा अन्टेरियो प्रान्तका सांसद मार्क स्नायर, ग्वेल्फ वेलिङ्गटन काउन्टीका काउन्सिलर डोमेनिक ओरोड्रिको, फेमिली एण्ड चिल्ड्रेन्स सर्भिसेज अफ ग्वेल्फ एण्ड वेलिङ्गटन काउन्टीका कार्यकारी निर्देशक डारिया एलन एल्बो लगायत थिए। कार्यक्रमका उद्देश्यबारे सीमाविहीन सहयोगी हातहरूका अध्यक्ष राजनश्री छतकुलीले प्रकाश पारेका थिए।

 

उक्त कार्यक्रममा एनआरएनए क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महिला चौतारीका अध्यक्ष गीता दवाडी, नेपाल हाउसका अध्यक्ष भूमिराज घिमिरे, ग्रेटर ग्वेल्फ नेपाली समाजका अध्यक्ष प्रकाश अधिकारी, पञ्जाबी समाजका फर्रमा सिंह, भारतीय समुदायबाट ध्रुव शाहले बोलेका थिए। त्यस्तै, अरेबियन महिला समाजकी संदेश अलामी, मुस्लिम समुदायबाट साहजाद इनायत र भुटानी नेपाली समुदायबाट शान्तिराम मैनाली र सोमनाथ खनाल लगायतले पनि आ-आफ्नो मन्तव्य राखेका थिए।

 

सो कार्यक्रमको सञ्चालक फेमिली एण्ड चिल्ड्रेन्स सर्भिसेज अफ ग्वेल्फ एण्ड वेलिङ्गटन काउन्टीका सेवा निर्देशक सिया देहुजा र सीमाविहीन सहयोगी हातहरूका बोर्ड अफ डिरेक्टर निरूपमा शर्माले गरेका थिए। उनीहरूले अन्तरक्रियात्मक गतिविधीबाट सहभागीहरूको प्रतिक्रिया र धारणा बुझ्ने प्रयास गरेका थिए।

 

सो क्रमका सहभागीहरूले नयाँ आप्रवासीहरूले रोजगारीको कमी, आर्थिक अभाव, क्यानाडामा परिवारका अन्य सदस्यहरू नहुँदा बालबच्चा हुर्काउन कठिनाई हुने गरेको कुरा व्यक्त गरेका थिए। उनीहरूले रोजगारी, बसोबास तथा डे-केयर जस्ता व्यवस्था गर्न सम्बन्धित संघसंस्था तथा सरकारको ध्यानाकर्षण पनि गराएका थिए।

https://nepaltouch.com/news/

समुदायका समस्या सुन्न ग्वेल्फमा एक कार्यक्रम

नेपाल Touch

मंगलबार मङ्सिर ४, २०८१ | Tuesday November 19,2024

टोरन्टो। सीमाविहीन सहयोगी हातहरू र फेमिली एण्ड चिल्ड्रेन्स सर्भिसेज अफ ग्वेल्फ एण्ड वेलिङ्गटन काउन्टीको संयुक्त आयोजनामा समुदायका लागि उपलब्ध कार्यक्रमहरूबारे जानकारी दिन हालै एउटा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको छ।

समुदायको आवश्यकता र चाहना बुझ्नका लागि आयोजना गरिएको कार्यक्रममा त्यस क्षेत्रका अल्पसंख्यक र सिमन्तीकृत समुदायका चाईनिज, पञ्जाबी, नेपाली, भुटानी, भारतीय, फिलिपिनो, सोमाली, पाकिस्तानी, इरिटेरियन, भियतनामी, सुडानी, अरेबियन लगायत गरी विभिन्न समुदायगरी १०० भन्दा व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएका छन्।  

सो कार्यक्रमको अतिथीहरूमा अन्टेरियो प्रान्तका सांसद मार्क स्नायर, ग्वेल्फ वेलिङ्गटन काउन्टीका काउन्सिलर डोमेनिक ओरोड्रिको, फेमिली एण्ड चिल्ड्रेन्स सर्भिसेज अफ ग्वेल्फ एण्ड वेलिङ्गटन काउन्टीका कार्यकारी निर्देशक डारिया एलन एल्बो लगायत थिए। कार्यक्रमका उद्देश्यबारे सीमाविहीन सहयोगी हातहरूका अध्यक्ष राजनश्री छतकुलीले प्रकाश पारेका थिए।

 

उक्त कार्यक्रममा एनआरएनए क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महिला चौतारीका अध्यक्ष गीता दवाडी, नेपाल हाउसका अध्यक्ष भूमिराज घिमिरे, ग्रेटर ग्वेल्फ नेपाली समाजका अध्यक्ष प्रकाश अधिकारी, पञ्जाबी समाजका फर्रमा सिंह, भारतीय समुदायबाट ध्रुव शाहले बोलेका थिए। त्यस्तै, अरेबियन महिला समाजकी संदेश अलामी, मुस्लिम समुदायबाट साहजाद इनायत र भुटानी नेपाली समुदायबाट शान्तिराम मैनाली र सोमनाथ खनाल लगायतले पनि आ-आफ्नो मन्तव्य राखेका थिए।

 

सो कार्यक्रमको सञ्चालक फेमिली एण्ड चिल्ड्रेन्स सर्भिसेज अफ ग्वेल्फ एण्ड वेलिङ्गटन काउन्टीका सेवा निर्देशक सिया देहुजा र सीमाविहीन सहयोगी हातहरूका बोर्ड अफ डिरेक्टर निरूपमा शर्माले गरेका थिए। उनीहरूले अन्तरक्रियात्मक गतिविधीबाट सहभागीहरूको प्रतिक्रिया र धारणा बुझ्ने प्रयास गरेका थिए।

 

सो क्रमका सहभागीहरूले नयाँ आप्रवासीहरूले रोजगारीको कमी, आर्थिक अभाव, क्यानाडामा परिवारका अन्य सदस्यहरू नहुँदा बालबच्चा हुर्काउन कठिनाई हुने गरेको कुरा व्यक्त गरेका थिए। उनीहरूले रोजगारी, बसोबास तथा डे-केयर जस्ता व्यवस्था गर्न सम्बन्धित संघसंस्था तथा सरकारको ध्यानाकर्षण पनि गराएका थिए।

​Nov. 16, 2024

Voice of the Community Engagement

Helping Hands Without Borders Canada and Family & Children’s Services of Guelph and Wellington County organized a community event- Voice of Community.

This special gathering was designed to unite our community, share valuable insights, celebrate our collective achievements, and discussed the promising future of our vibrant community. Punjabi, Indian, Neapali, Bhutanese, Eriterian,Sudanese,African, Chinese,Arabic Vietnamese community participated in this event.Different representative and their presence and active participation was vital to the success of this event, as it was through their support and engagement that this community engagement was successful.

The main purpose for this communication engagement event was to hear the voice of the community and to understand their concerns, underlying issues and obtain their input on how they want their issues to be addressed.

MPP Mike Schreiner, Ward Counselor Dominique O'Rourke, Executive Director Daria Ellen,Constable Jasmin Manani, Constable Ashley McArthur delivered their speech in the community engagement program.

Mr.Rajan Chhatkuli President of Helping-Hands Without Borders Canada highlighted the objective of the program.

Sea Dahuja delivered the welcome speech and highlighted the land acknowledgment during the event. HHWBC Board of Director Mrs Nirupama Sharma facilitated the program.

Kiroj Shrestha- Vice-president NRNA Canada, Mr. Bhumi Raj Ghimire- President Nepal Community House,Mrs Gita Dawadi- Chairperson Mahila Chautari, Shahzad Inayat- Guelph Muslim Society, Furmah Singh- Guelph Sikhs Community, Sundes Alami- Arab Women Society, Shanti Ram Mainali- Bhutanese/ Nepali Community, Aster Dawit- Eriterian Community delivered their speech in the program. All together there werec135 participants from different community participated in this community engagement event.

Feb. 28, 2025

https://nepaltouch.com/news/9684/02/2025

ग्वेल्फ मा रक्तदान सम्पन्न

नेपालTouch

शुक्रबार फाल्गुण १६, २०८१ | Friday

ग्वेल्फ। मानवीय हित र समुदाय सेवामा २०१९ देखि योगदान पुर्याइरहेको हेल्पिङ्ग हेन्ड्स विताउड बोर्डर्स क्यानाडाले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गर्यो।

हेल्पिङ्ग हेन्ड्स डेको उपलक्ष्यमा फेब्रुअरी २२ मा ग्वेल्फमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले प्लाज्मा तथा रक्तदान गरेका थिए। संस्थाका अध्यक्ष राजन छतकुलीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी क्यानेडियन ब्लड सर्भिसेजका क्षेत्रीय प्रबन्धक केटी बी, नेप्लिज ब्लड डोनर्स एसोसिएसनका सुकदेव(राजु) बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

संस्थाका बोर्ड ओफ डाइरेक्टर सुमन ढकालले कार्यक्रमको संयोजन र संचालन गरेका थिए। यसैगरी, अघिल्लो महिना संस्थाले ग्वेल्फमा रहेका विभिन्न सेवा प्रदायकहरूको सहभागितामा सेवाग्राही र सेवाप्रदायकहरूका बीचमा एउटा सामुदायिक सहभागिता नामक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो। जसमा पन्जाबी, गुजराती, भुटानी, नेपाली, अरबी, सुडानी, एरि्ट्रियन, भियत्नामी, पाकिस्तानी, बंगलादेसी, फिलिपिनी समुदायका समुदायका १३० भन्दा बढी सहभागिता थियो।

March 6, 2025, Brampton, ON Canada

This year’s International Women’s Day (#IWD2025) embraces the global theme #AccelerateAction, a powerful call to advance gender equality with urgency and purpose. The theme underscores the need for swift, collective efforts to dismantle systemic barriers that continue to affect women in both personal and professional spheres.

In alignment with this vision, Helping Hands Without Border (HHWB) organized a meaningful Panel Discussion in the Peel Region titled: “Accelerating Action to Prevent Violence Against Women: Exploring the Role of Men in South Asian Communities.” The event brought together an interdisciplinary group of experts committed to fostering safer, more equitable communities.

We were deeply honored by the presence and support of:

  • Hon. Ms. Sonia Sidhu, Member of Parliament, Peel Regio, Hon. Mr. Patrick Brown, Mayor of Peel Region who graciously joined us as Chief and Special Guests.

The program featured a distinguished lineup of keynote speakers and panelists, including:

  • Luxana Ramesh – Public Education Project Coordinator, Embrave Agency to End Violence,Haricharan Walia – Family Court Support Worker, Indus Community ServicesDr. Punya Sagar Marahatta – Founder/President, MD&PS Inc. & Registered Professional PlannerRoohina Gillani – Coordinator, SAFE Program (South Asian Family Enrichment Program), Victim Services of Peel RegionNira Sharma – Professor, Centennial CollegePamela Parkin – Detective Constable, Intimate Partner Violence Unit, Peel Regional Police,Monique Mahal – Detective Constable, Victim Services Unit, Peel Regional Police,Kiroj Shrestha – Vice President, NRNA CanadaShristi Shrestha Amatya – Senior Director, Women Empowerment Program, Trillium Foundation.The session was skillfully facilitated and moderated by Board Members Nirupama Sharma and Dinesh Singh Malla, whose leadership ensured a thoughtful and engaging dialogue.

Mr. Rajan Chhatkui, President of HHWB, warmly welcomed all panelists, moderators, participants, and guests, highlighting the purpose of the program and reaffirming the organization’s commitment to accelerating action toward ending violence against women. Together, we continue to push forward—raising awareness, strengthening partnerships, and empowering communities to create lasting change.

#IWD2025 #InternationalWomensDay #AccelerateAction #GenderEquality #EndViolenceAgainstWomen

 

April 13, 2025, Guelph, ON, Canada

A meet and greet program organized by Helping-Hands Without-Borders Canada with Honorable Minister Ahmed Husen (Minister of International Development) and MP Dominique O'Rourke at Guelph with community members.

A large number of the various ethnic-communities( Eriterian,Bhutanese,Nepalese,Muslim, Sikh,Pakistani, Bangladeshi, Philippines, Vietnamese and Indian) attended the program, presented their questions and queries to Minister and Dominique. This program was organized at 105 Macdonell St. Bombay Kitchen, Guelph.

 

Nov. 1, 2025, Guelph, ON Canada

Helping Hands Without Borders (HHWBC) successfully organized a Blood Donation Program at Canadian Blood Services, 133 Silvercreek Parkway North, Guelph, where a total of 18 participants generously donated blood.

During the event, HHWBC President Rajan Chhatkuli, Board of Directors Suman Dhakal, NBDA President Lila Nath Pandey, and CBS Community Development Manager Rayna Porter expressed heartfelt gratitude to all the donors and participants for their contribution to this meaningful humanitarian cause.

Notable community members, including CPA Bidhya Bhusan Karki, Hem Raj Pandey, Rajendra Pokharel, Birendra Raut, Kushal Ghimire, and Shanti Ram Mainali, also donated blood and extended their thanks to Helping Hands Without Borders for organizing such a noble event.

The program experienced significant community participation, reflecting a strong sense of solidarity within the community. The blood donation program was organized by Helping Hands Without Borders Canada in coordination with the Nepalese Blood Donors Association and the Canadian Blood Services.

​​​​

Dec. 16, 2025, Guelph, ON, Canada- Voice of the Community

Helping Hands Without Borders and Family & Children Services of Guelph and Wellington co-hosted the Voice of Community Engagement Event, which drew 85 participants from diverse communities, including those of South Asian, African, Middle Eastern, and East Asian backgrounds.

The event fostered connection, inclusivity, and shared responsibility, allowing marginalized voices to shape child welfare policies through local knowledge and community-driven solutions.

The Community Engagement Event-Voice of Community was truly a remarkable occasion, bringing together diverse communities to share their voices. There was participation from more than 16 communities, including Eritrean, Punjabi, Indian, Pakistani, Bangladeshi, Sri-Lankan, Nepali, Bhutanese, Syrian, Arabic, Chinese, Sudanese, Philippine, Lahos,  Ethiopian, and Kenyan, as well as Sikh Society, Muslim Society, and Arab Society, representing regions from the Middle East, Africa, and Asia.

bottom of page